Abiral Awaj

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८२ माघ १ गते

वेस्ट इन्डिजविरुद्ध १४९ रनको लक्ष्य प्रस्तुत

अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा वेस्ट इन्डिजविरुद्ध १४९ रनको लक्ष्य प्रस्तुत गरेको छ।

शनिबार युएईको सारजहाँ क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १४८ रन जोड्यो।

नेपालका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३८ रनको योगदान दिए। कुशल मल्लले ३०, गुल्सनकुमार झाले २२ तथा दीपेन्द्रसिंह ऐरीले १७ रन बनाए। तेस्रो विकेटका लागि रोहित र कुशलबीच ५८ रनको महत्वपूर्ण साझेदारी भएको थियो।

बलिङतर्फ वेस्ट इन्डिजका जेसन होल्डरले उत्कृष्ट प्रदर्शन गर्दै चार विकेट हात पारे। नवीन बिदैसीले तीन तथा कप्तान अकिल होसेनले एक विकेट लिँदै नेपाललाई ठूलो स्कोर बनाउन रोकिदिए।

यससँगै वेस्ट इन्डिजले पहिलो खेल जित्नका लागि १४९ रनको लक्ष्य पछ्याउनुपर्नेछ।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.