नेपाल र भारतबीच आगामी कात्तिक ९ गते (अक्टोबर २६) मा सिक्किममा मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ। गत वर्ष काठमाडौंमा सम्पन्न साफ च्याम्पियनसिपको सेमिफाइनलपछि दुवै टिमबीच पहिलो पटक मैत्रीपूर्ण खेल हुँदैछ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मुख्य प्रशिक्षक नियुक्त गरेको भोलिपल्ट नै प्रशिक्षक नविन न्यौपानेले प्रारम्भिक टोलीको नाम सार्वजनिक गरेका हुन्। प्रारम्भिक सूचीमा ३५ खेलाडी समावेश छन्।
साफ च्याम्पियनसिपमा भुटानविरुद्धको खेलमा घाइते भएकी हिरा भुजेल र दीपा शाही टोलीमा परेका छन् भने यु–१९ खेलाडीहरूलाई पनि प्रारम्भिक चरणमा मौका दिइएको छ। यस्तै, हालै काँधको शल्यक्रिया गरेकी गीता राना भने टोलीमा छैनन्।

प्रारम्भिक टोली
गोलकिपर – एञ्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ, सुशीला चौधरी, लिला जोशी
डिफेन्डर – निशा थोकर, समीक्षा घिमिरे, मन माया दमाई, प्रतिक्षा चौधरी, विमला विके, पूजा राना, अमृता जैशी, सजनी थोकर, हिरा कुमारी भुजेल, नेहा कुमारी चौधरी
मिडफिल्डर – विमला चौधरी, अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सबिता राना मगर, सरस्वती हमाल, चन्द्रा भण्डारी, अनीता केसी, हिम राउत, दीपा शाही, तुलसा बोहरा, सेनु परियार, शुक्रिया मियाँ
फरवार्ड – रश्मिकुमारी घिसिङ, रेखा पौडेल, मीना देउवा, पुर्णिमा राई, जेनिफर मगर, सावित्रा भण्डारी (साम्बा)
👉 नेपाल र भारतबीचको यो खेललाई दुवै देशका महिला फुटबल टोलीहरूको तयारीका दृष्टिले महत्वपूर्ण मानिएको छ।
