Abiral Awaj

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८२ माघ १ गते

पाकिस्तानले भारतसँग फाइनल खेल्ने

पाकिस्तान एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति सम्पन्न सुपर फोरको खेलमा उसले बंगलादेशलाई पराजित गर्दै उपाधि निर्णायकमा भारतसँगको भेट सुनिश्चित गरेको हो ।

पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेटको क्षतिमा १३५ रन बनायो । उसका लागि मुहम्मद हारिसले ३१ रन बनाए भने मोहम्मद नवाजले २५ रन योगदान दिए । सलमान आघा र शाहीन अफ्रिदीले समान १९–१९ रन जोडे । फहीम अशरफ १४ रनमा अविजित रहँदा फखार जमानले १३ रन बनाए । बलिङतर्फ बंगलादेशका तास्किन अहमदले ३ विकेट लिँदा, मेहदी हसन र रिशाद होसेनले २–२ तथा मुस्तफिजुर रहमानले १ विकेट लिए ।

जवाफी ब्याटिङमा १३६ रनको लक्ष्य पछ्याएको बंगलादेश २० ओभरमा ९ विकेट गुमाएर १२४ रनमै सीमित रह्यो । शमिम होसेनले सर्वाधिक ३० रन बनाए भने सेफ हसनले १८, नुरुल हसन सोहन र रिशाद होसेनले समान १६–१६ रन जोडे । मेहदी हसनले ११ तथा तनजिम हसन साकिबले १० रन योगदान दिए ।

पाकिस्तानका शाहीन अफ्रिदीले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा १७ रन मात्र खर्चेर ३ विकेट लिए । हारिस राउफले पनि ३ विकेट झारे भने सायम अयुबले २ र मोहम्मद नवाजले १ विकेट लिए ।

यस जितसँगै पाकिस्तानले भारतसँग फाइनल खेल्ने भएको छ । प्रतियोगितामा यो दुवै टिमबीचको तेस्रो भेट हुनेछ । अघिल्ला दुई खेलमा भारत विजयी भएकोले फाइनल पाकिस्तानका लागि बदला लिने तथा उपाधि जित्ने अवसरका रूपमा रहनेछ ।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.