Abiral Awaj

२०८३ जेष्ठ ११ गते

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८३ जेष्ठ ११ गते

भारतले बंगलादेशलाई ४१ रनले हराउँदै एक खेल अगावै फाइनलमा

भारत एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सुपर फोरअन्तर्गत बुधबार राति भएको खेलमा भारतले बंगलादेशलाई ४१ रनले हराउँदै एक खेल अगावै फाइनल यात्रा सुनिश्चित गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १६८ रनको चुनौतीपूर्ण योगफल खडा गरेको थियो । भारतीय ओपनर अभिषेक शर्माले ७५ रनको शानदार पारी खेले भने हार्दिक पान्ड्याले ३८ रनको योगदान दिए । बलिङतर्फ बंगलादेशका रिशाद होसेनले २ विकेट लिँदा तन्जिम हसन साकिब, मुस्तफिजुर रहमान र मोहम्मद सैफुद्दिनले १–१ विकेट हात पारे ।

जवाफमा १६९ रनको लक्ष्य पछ्याएको बंगलादेश १९.३ ओभरमा १२७ रनमै अलआउट भयो । बंगलादेशका ओपनर सेफ हसनले सर्वाधिक ६९ रन बनाए पनि अन्य खेलाडीबाट उल्लेखनीय योगदान आएन । पर्वेज हसन इमोनले २१ रन बनाए ।

भारतका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे । कुलदीप यादवले ४ ओभरमा १८ रन खर्चिएर ३ विकेट लिए भने जसप्रित बुमराह र वरुण चक्रवर्तीले समान २–२ विकेट झारे । अक्षर पटेलले पनि १ विकेट जोडे ।

यस जितसँगै सुपर फोरमा लगातार दुई खेल जितेर ४ अंक जोडेको भारत फाइनलमा पुगेको हो । भारतले अब श्रीलंकासँग एक खेल खेल्न बाँकी छ । आजको नतिजापछि श्रीलंका प्रतियोगिताबाट बाहिरिएको छ । अब बाँकी फाइनल स्पट बंगलादेश र पाकिस्तानबीचको खेलको विजेताले पाउनेछ ।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.