Abiral Awaj

२०८३ जेष्ठ ११ गते

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८३ जेष्ठ ११ गते

नेपालकाे सेमिफाइनल प्रवेश गर्ने सम्भावना बलियो

कपिलवस्तु, सोमबार – श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ।

कोलोम्बो रेसक्वर्स मैदानमा समूह ‘ए’ अन्तर्गत सोमबार भएको खेलमा नेपालले घरेलु टोली श्रीलंकामाथि २–० को सहज जित दर्ता गर्‍यो।

नेपालको जितका दुवै गोल समिर कुमारले गरे। उनले खेलको ५२औं मिनेटमा प्रतिश थापा मगरको बायाँ छेउबाट आएको लामो क्रसलाई हेडमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। इन्जुरी समयको तेस्रो मिनेटमा भने उनले गोलकिपरलाई पराजित गर्दै व्यक्तिगत दोस्रो तथा टोलीका लागि निर्णायक गोल गरे।

यस जितसँगै नेपालले सेमिफाइनल प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ। समूह ‘ए’ मा नेपाल, श्रीलंका र बंगलादेश मात्र रहेका कारण नेपालले पहिलो खेलमै जित निकाल्दै अग्रता लिएको हो। नेपाल अब दोस्रो खेलमा बिहीबार बंगलादेशसँग भिड्नेछ।

यसैबीच समूह ‘बी’ मा साविक विजेता भारतसहित पाकिस्तान, भुटान र माल्दिभ्स रहेका छन्। दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।

साफ यू–१७ च्याम्पियनसिप अहिलेसम्म नौ पटक आयोजना भइसकेको छ। भारतले सर्वाधिक ६ पटक उपाधि जितेको छ भने बंगलादेशले दुई र पाकिस्तानले एक पटक उपाधि जितेका छन्। नेपाल भने अहिलेसम्म उपाधि जित्न नसके पनि चार पटक फाइनल पुगेको छ। तर ती सबै खेलमा नेपाल भारतसँग पराजित भएको थियो।

 

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.