Abiral Awaj

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८२ माघ १ गते

नेपाल र बंगलादेशबीचको पहिलाे खेल बराबरी दोस्रो खेल मंगलबार

नेपाल र बंगलादेशबीचको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा सकिएको छ।

शनिबार दशरथ रंगशालामा भएको खेलमा नेपालले खेलभरि दबाब बनाए पनि निर्णायक गोल गर्न सकेन। खेलको सुरुवातमै बंगलादेशले जालो भे देको थियो तर अफसाइडको निर्णयपछि गोल मान्य भएन।

२९औं मिनेटमा नेपालले उत्कृष्ट अवसर गुमायो। मणि लामाको फ्रि–किकमा अनन्त तामाङले हानेको हेडिङ प्रहार बंगलादेशी गोलकिपर मोहम्मद सुजोन हुसेनले रोकिदिए। त्यस्तै ३९औं मिनेटमा बंगलादेशका सुमोन रेज्जाको प्रहार गोलपोस्टमाथिबाट बाहिरियो।

दोस्रो हाफमा पनि दुबै टोलीले गोल गर्न सकेनन्। ६८औं मिनेटमा जिलेश्पीजंग कार्कीले गरेको लङ–रेन्ज प्रहारलाई बंगलादेशी गोलकिपरले बचाए भने ७६औं मिनेटमा रकिब होसेनको पासमा सोहेल रानाले हानेको बल नेपाली कप्तान किरण चेम्जोङले रोक्दै खेल बराबरीमा टुंग्याए।

यो खेलसँगै नेपाली राष्ट्रिय पुरुष टोलीले करिब २१ महिनापछि दशरथ रंगशालामा खेल खेल्ने अवसर पाएको हो। यसअघि सन् २०२३ को नोभेम्बरमा नेपालले यमनविरुद्ध घरेलु मैदानमा खेलेको थियो।

आजको खेल हेर्न ४ हजार ८०८ दर्शकले टिकट किनेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल मंगलबार हुने छ।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.