Abiral Awaj

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८२ माघ १ गते

पहिलाे खेलमा नेपालले बलियाे ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्ने

एएफसी यू–२३ एसियन कप छनोट आजदेखि ताजिकिस्तानमा सुरु हुँदैछ, जहाँ पहिलो खेलमा नेपालले आयोजक ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। दुशान्बेको पामिर स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार बेलुकी सवा ८ बजे सुरु हुनेछ।

नेपाल समूह ‘के’मा रहेको छ, जहाँ उसको प्रतिस्पर्धा ताजिकिस्तान, सिरिया र फिलिपिन्ससँग हुनेछ। तुलनात्मक रूपमा तीनै टोली नेपालभन्दा बलिया मानिन्छन्।

नेपाली टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले प्रारम्भिक खेलबाटै सकारात्मक नतिजा निकाल्ने लक्ष्य व्यक्त गरेका छन्। उनले भने, ‘हामी पूर्ण तयारीसहित यहाँ आएका छौं। सबै टोली बलिया छन्, तर हामी हार्न होइन, जित्न आएका हौं। सुरुवातमै ३ अंक जोड्ने हाम्रो उद्देश्य हो।’

मिडफिल्डर आयुष घलानको कप्तानीमा रहेको टोलीमा राष्ट्रिय टिमका खेलाडी कृतिश रत्न छुन्जु र सुमित श्रेष्ठ पनि सामेल छन्।

नेपालको आगामी खेल तालिका यसप्रकार छः

भदौ १८ : नेपाल बनाम ताजिकिस्तान (८:१५ बजे)

भदौ २१ : नेपाल बनाम सिरिया (५:१५ बजे)

भदौ २४ : नेपाल बनाम फिलिपिन्स (५:१५ बजे)

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.