Abiral Awaj

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८२ माघ १ गते

नेपाल क्रिकेट इतिहासमै पहिलोपटक कुनै टेस्ट राष्ट्रसँग टी–२० आई सिरिज

नेपाल र वेस्ट इन्डिजबीच हुने तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिजको तालिकामा हेरफेर गरिएको छ।

नेपाल क्रिकेट इतिहासमै पहिलोपटक कुनै टेस्ट राष्ट्रसँग टी–२० आई सिरिज खेल्न लागेको हो।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने यो ऐतिहासिक सिरिज संयुक्त अरब इमिरेट्स (युएई)मा तय भएको हो। सुरुमा सरजाह क्रिकेट स्टेडियममा हुने खेलहरू २७, २८ र ३० सेप्टेम्बरमा हुने कार्यक्रम बनाइएको थियो। तर, क्यानले सार्वजनिक गरेको नयाँ तालिका अनुसार अब खेलहरू २७, २९ र ३० सेप्टेम्बरमा हुने भएका छन्।

यसरी तालिका परिमार्जनसँगै नेपाली टोलीले पहिलोपटक वेस्ट इन्डिज जस्तो बलियो टेस्ट राष्ट्रसँग प्रतिस्पर्धा गर्ने अवसर पाएको छ, जसलाई ऐतिहासिक उपलब्धि मानिएको छ।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.