Abiral Awaj

२०८३ जेष्ठ ११ गते

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८३ जेष्ठ ११ गते

नेपालले पाँच खेलको सिरिज ३–२ ले कब्जा

भारतको गुवाहाटीमा सम्पन्न टी–२० शृंखला नेपाल ‘ए’ले आफ्नो नाममा गरेको छ । सोमबार भएको निर्णायक तथा अन्तिम खेलमा नेपाल ‘ए’ले आसामलाई ४४ रनले पराजित गर्दै पाँच खेलको सिरिज ३–२ ले जितेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०८ रनको ठूलो योगफल खडा गर्‍यो । बलिउठ सन्दीप जोराले ३९ बलमा २ चौका र ५ छक्कासहित सर्वाधिक ६४ रनको पारी खेले । त्यस्तै, शुभ कंसाकारले ४१ तथा इशान पाण्डेले ३२ रनको योगदान दिए । आसामका आयुष्मान मलाकार र अभिनव चौधरीले २–२ विकेट हात पारे ।

२०९ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको आसाम २० ओभरमा ९ विकेट गुमाएर १६४ रनमै रोकियो । टोलीका लागि भार्गव लहकरले अविजित २९ रन बनाए भने कप्तान सुमित घडिअन्कर र साहिल जेनले समान २५–२५ रनको योगदान दिए । सौरभ दिहिगाले १७ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । नेपालका शेर मल्ल, आकाश चन्द र पवन सर्राफले २–२ विकेट लिँदा बसिर अहमदले १ विकेट जोडे ।

यसअघि बिहीबारदेखि सुरु भएको शृंखलाको पहिलो खेलमा नेपाल ‘ए’ डीएलएस पद्धतिअनुसार १५ रनले पराजित भएको थियो । दोस्रो खेलमा ९६ रनको शानदार जित निकालेको नेपालले तेस्रो खेल पनि ९ रनले जितेको थियो । चौथो खेलमा भने आसामले १८ रनले जित्दै सिरिजलाई बराबरीमा ल्याएको थियो । अन्ततः सोमबारको निर्णायक खेल जित्दै नेपाल ‘ए’ले शृंखला आफ्नो पक्षमा पारेको हो ।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.