Abiral Awaj

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८२ माघ १ गते

नेपाल ‘ए’ संग आसाम प्रदेश क्रिकेट संघ ९ रनले पराजित

नेपाल ‘ए’ ले गुवाहटीस्थित वर्षापारा क्रिकेट मैदानमा शनिबार सम्पन्न तेस्रो अभ्यास ट्वान्टी–२० खेलमा घरेलु टोली आसाम प्रदेश क्रिकेट संघलाई ९ रनले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको छ ।

यस जीतसँगै पाँच खेलको शृंखलामा नेपालले २–१ को अग्रता लिएको छ । यसअघि पहिलो खेलमा आसाम १५ रनले विजयी भएको थियो भने दोस्रो खेल नेपालले ९६ रनको फराकिलो जित हात पारेको थियो ।

शनिबार नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको थियो । निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १९६ रन बनाएको नेपालका लागि सन्दीप जोराले शानदार प्रदर्शन गर्दै ४८ बलमा ६ चौका र ४ छक्कासहित ७४ रनको योगदान गरे । त्यस्तै आदिल आलम अन्सारीले ३५, तृतराज दासले ३३ र कप्तान अनिलकुमार साहले ३१ रन जोडे । आसामका आकाश सेनगुप्ताले २ विकेट लिँदा, मरिनमोय दत्त, अभिनव चौधरी र शिवशंकर रोयले समान १–१ विकेट हात पारे ।

१९७ रनको लक्ष्य पछ्याउने क्रममा आसाम २० ओभरमै १८७ रनमा अलआउट भयो । टोलीका लागि निहार डेकाले सर्वाधिक ४० रन बनाउँदा कप्तान घाडीगाँउकरले ३६, अब्दुल अजिज कुरेशीले अविजित ३१, साहिल जैनले २४ र शिवशंकर रोयले ११ रनको योगदान गरे ।

नेपालका तर्फबाट विवेककुमार यादव, बसिर अहमद, आकाश चन्द र कमलसिंह ऐरीले समान २–२ विकेट लिन सफल भए भने आदिल आलम अन्सारीले १ विकेट लिए ।

अब शृंखलाको चौथो खेल आइतबार हुने तय भएको छ ।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.