Abiral Awaj

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८२ माघ १ गते

१८ भदौदेखि विद्यालय बन्द हुने

 

कपिलवस्तु । निजी विद्यालयका सञ्चालकहरूले १८ भदौदेखि अनिश्चितकालीन विद्यालय बन्द गर्ने चेतावनी दिएका छन्। विद्यालय शिक्षा विधेयक सच्याउनुपर्ने माग गर्दै निजी विद्यालयका छाता संगठनहरू — प्याब्सन, एनप्याब्सन, हिसान र अपेन — निरन्तर आन्दोलनरत छन्।

माग:✒️

निजी विद्यालयहरूले सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकमा रहेका गैरनाफामूलक र पूर्ण छात्रवृत्ति सम्बन्धी प्रावधान हटाउनुपर्ने माग राखेका छन्। उनीहरूले भनेका छन्, “निजी विद्यालयहरूलाई कमजोर पार्ने खालका प्रावधान सच्याइएन भने विद्यालय बन्द गर्नेबाहेक विकल्प छैन।”

आन्दोलनको दोस्रो चरण

पहिलो चरणको कार्यक्रम सकिएसँगै निजी विद्यालयहरूले दोस्रो चरणको संघर्ष योजना सार्वजनिक गरेका छन्।

१. भदौ १२ – बिहान ११ बजे देशभरका सदरमुकाममा बृहत खबरदारी सभा, उपत्यकामा माइतीघर मण्डलामा र्‍यालीपछि कोणसभा।
२. भदौ १४–१५ – आ–आफ्ना संस्थाले आगामी कार्यक्रमका लागि तयारी बैठक।
३. भदौ १६ – बिहान ११ बजे देशभरका विद्यालय बसमा कालो झण्डा र व्यानर टाँसी नगर परिक्रमा। उपत्यकामा २७ किमी चक्रपथ र जिल्लामा प्रतिघण्टा २० किमि गतिमा र्‍याली।
४. भदौ १७ – आ–आफ्ना संस्थाले समीक्षा तथा तयारी बैठक।
५. भदौ १८ – बिहान ११ बजे पुनः सदरमुकाममा खबरदारी सभा, उपत्यकामा माइतीघर मण्डलामा र्‍याली र कोणसभा।
६. भदौ १८ पछि – माग सुनुवाइ नभए विद्यालयहरू अनिश्चितकालसम्म बन्द गर्ने घोषणा।

पृष्ठभूमि💼

निजी विद्यालय सञ्चालकहरूले सरकारले ल्याएको विधेयकले विद्यालय सञ्चालन असम्भव हुने तर्क गर्दै आन्दोलन चर्काइरहेका छन्। उनीहरूले निरन्तर दबाबका कार्यक्रम सार्वजनिक गरिरहेका छन् भने सरकारसँग वार्ता गरेर समस्या समाधान गर्नुपर्ने आवाज पनि उठिरहेको छ।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.