Abiral Awaj

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८२ माघ १ गते

एपीएफलाई आजको खेल जित्नैपर्ने दबाब

एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणअन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा एपीएफ क्लब आज थाइल्याण्डको कलेज अफ एसियन स्कोलार्ससँग भिड्दैछ ।

उज्बेकिस्तानको क्वार्सीस्थित मार्काजिय स्टेडियममा हुने खेल नेपाली समयअनुसार साँझ ६:१५ बजे सुरु हुनेछ । एपीएफलाई यस खेलमा कप्तानी अनुभवी विंगर अनिता बस्नेतले गर्नेछिन्।

समूह चरणको पहिलो खेलमा एपीएफ उज्बेक क्लब नासाफ पीएफसीसँग ३–० गोलअन्तरले पराजित भएको थियो । अर्कोतर्फ कलेज अफ एसियन स्कोलार्सले साउदी अरेबियाको अल नासरलाई २–० ले पराजित गर्दै सुरुवात विजयसँग गरेको छ।

समूह विजेता बनेर अर्को चरणमा पुग्ने लक्ष्यका लागि एपीएफलाई आजको खेल जित्नैपर्ने दबाब छ । पराजित भएमा एपीएफको प्रतियोगिता यात्रा यही चरणमै अन्त्य हुने सम्भावना रहनेछ।

प्रारम्भिक चरणमा रहेका पाँच समूहका विजेता टोलीहरू सिधै अर्को चरणमा प्रवेश गर्नेछन् भने पाँचमध्ये एक उत्कृष्ट उपविजेताले पनि स्थान बनाउने नियम छ।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.