Abiral Awaj

२०८३ जेष्ठ ११ गते

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८३ जेष्ठ ११ गते

नेपालले दियाे साउथ अस्ट्रेलियालाई मध्यम लक्ष्य

अस्ट्रेलिया टुरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले बिहीबार सुरु भएको पहिलो अभ्यास टी–२० खेलमा साउथ अस्ट्रेलियालाई मध्यम लक्ष्य दिएको छ।

टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १४६ रनको योगफल तयार गर्‍यो। नेपालको पारीमा भीम सार्कीले सर्वाधिक ३२ रन जोडे भने दीपेन्द्रसिंह ऐरीले २७ रन र ओपनर आसिफ शेखले २२ रन बनाए।

बलिङतर्फ साउथ अस्ट्रेलियाका क्याम्पबेल थोमसन र ह्यारी मानेन्तीले समान २–२ विकेट लिए। जेस म्याकफेडन, डार्सी ब्राउन र टम मेन्जिसले तिन–तिनलाई एक–एक विकेट दिलाए।

यसअघि सम्पन्न टप एन्ड टी–२० सिरिजमा नेपाल ११ टोलीमध्ये आठौँ स्थानमा रह्यो। तर त्यसपछि मंगलबार खेलिएका दुई अभ्यास खेलमा नेपालले अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी)लाई लगातार पराजित गरेको थियो।

आगामी विश्वकप छनोटलाई लक्षित गर्दै भइरहेको यो अस्ट्रेलिया टुरलाई नेपालको तयारीका दृष्टिले निकै महत्वपूर्ण मानिएको छ।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.