नेपाली क्रिकेटकाे बिहीबार निकै व्यस्त दिन रहन लागेको छ । एउटै दिनमा दुई फरक टोलीले तीन वटा टी–२० खेल खेल्न तयारी गरेका छन् ।
नेपालको सिनियर पुरुष क्रिकेट टोलीले अस्ट्रेलिया भ्रमणको क्रममा साउथ अस्ट्रेलियाविरुद्ध दुई अभ्यास टी–२० खेल्नेछ । पहिलो खेल बिहीबार विहान ५:१५ बजे सुरु हुनेछ भने दोस्रो खेल विहान ९:१५ बजेका लागि तोकिएको छ । यसअघि मंगलबार सम्पन्न तयारी खेलमा नेपालले अस्ट्रेलियन क्यापिटल टेरिटोरीलाई लगातार दुई खेलमा पराजित गरेको थियो ।

यता नेपाल ‘ए’ टोलीले भारतको गुवाहाटीस्थित एसीए ट्रेनिङ ग्राउण्डमा आसामविरुद्ध पाँच खेलको टी–२० शृंखला सुरु गर्दैछ । अनिल शाहको कप्तानीमा रहेको नेपाल ‘ए’ ले पहिलो खेल बिहीबार विहान ११ बजे खेल्नेछ ।
🔹 बिहीबारका खेलहरू
नेपाल vs साउथ अस्ट्रेलिया (अभ्यास टी–२०) : विहान ५:१५ बजे
नेपाल vs साउथ अस्ट्रेलिया (अभ्यास टी–२०) : विहान ९:१५ बजे
नेपाल ‘ए’ vs आसाम (पहिलो टी–२०) : विहान ११ बजे
