Abiral Awaj

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८२ माघ १ गते

नेपाल बंगलादेशसँग ४–१ ले पराजित

भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपाल उपाधि होडबाट बाहिरिएको छ । बुधबार थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा भएको खेलमा नेपाल बंगलादेशसँग ४–१ ले पराजित हुँदै लगातार दोस्रो हार बेहोरेको हो ।

बंगलादेशका लागि सोरभी अखण्ड प्रीतिले ह्याट्रिक गर्दै उत्कृष्ट प्रदर्शन गरिन् । खेलको ३८औं र ४५औं मिनेटमा गोल गर्दै उनले टिमलाई २–० को अग्रता दिलाइन् । तर पहिलो हाफको इन्जुरी समयमा नेपालले एक गोल फर्काउन सफल भयो र पहिलो भाग २–१ को अवस्थामा सकियो ।

दोस्रो हाफमा पनि बंगलादेश हाबी रह्यो । ७३औं र ८७औं मिनेटमा गोल थप्दै बंगलादेशले ४–१ को फराकिलो जित सुनिश्चित गर्‍यो ।

यसअघि नेपाल पहिलो खेलमा भारतसँग ७–० को फराकिलो अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई २–१ ले हराएको थियो । तर तेस्रो खेलमा फेरि बंगलादेशसँग ३–० ले हार्दै नेपालको अभियान कठिन बनेको थियो ।

चार टोली – नेपाल, भारत, बंगलादेश र आयोजक भुटान – सम्मिलित यस प्रतियोगितामा सबैभन्दा बढी अंक जोड्ने टिमले उपाधि जित्ने प्रावधान रहेको छ । लगातार हारपछि नेपाल उपाधि होडबाट बाहिरिएको छ भने बाँकी चरणमा उसले भारत र भुटानसँग खेल्नेछ ।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.