साफ महिला यू–१७ च्याम्पियनसिपअन्तर्गत नेपालले बंगलादेशविरुद्धको दोस्रो खेलमा १ गाेलले पहिलो हाफमै पछि परेको छ।
भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा जारी खेलमा नेपाल २–१ ले पछाडि परेको हो। नेपालका लागि भूमिका बूढाथोकीले एक मात्र गोल फर्काइन्।
यसअघि पहिलो लेगमा नेपाल बंगलादेशसँग ३–० ले पराजित भएको थियो।
