Abiral Awaj

२०८३ जेष्ठ ११ गते

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८३ जेष्ठ ११ गते

साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपाल आज बलियाे बंगलादेशसँग भिड्दै

भुटानको राजधानी थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा जारी साफ यू–१७ महिला च्याम्पियनसिपअन्तर्गत नेपाल आज अर्को महत्वपूर्ण खेलमा उत्रिदैछ। दिउँसो २:४५ बजे सुरु हुने खेलमा नेपालले बलियो मानिएको बंगलादेशको सामना गर्नेछ।

नेपालले यसअघि खेलेका ३ खेलमध्ये २ मा पराजय बेहोरेको छ भने १ खेलमा जित हासिल गरेको छ। भारतसँग पहिलो खेलमा ७–० को फराकिलो हार व्यहोरेको नेपालले दोस्रो खेलमा घरेलु टोली भुटानलाई २–१ ले पराजित गर्दै पुनरागमन गरेको थियो। तर, तेस्रो खेलमा पुनः बंगलादेशसँग ३–० ले हार्दै नेपाल दबाबमा परेको हो।

हालसम्म नेपालले जम्मा ३ अंक जोडेको छ। तीन खेलमा ११ गोल खाँदा मात्र २ गोल गर्न सफल भएकोले टोलीका फर्वाडहरूलाई आक्रमणमा सुधार गर्ने दबाब परेको छ। साथै, पहिलो भेटमै बंगलादेशले नेपाली डिफेन्समा निरन्तर दबाब सिर्जना गरेको स्मरणीय रहेकाले आजको खेलमा रक्षा पंक्ति मजबुत बनाउन प्रशिक्षक र खेलाडी दुवैका लागि चुनौती रहनेछ। बराबरी वा हार भएमा नेपालको उपाधि यात्रा अन्त्य हुने सम्भावना प्रबल हुने भएकाले आजको खेल जित्नु अपरिहार्य छ।

दुई पटकको च्याम्पियन बंगलादेशले यसअघि भुटानलाई ३–१ ले पराजित गरेको थियो तर भारतसँग भने २–० को हार बेहोरेको छ। तीन खेलपछि बंगलादेशसँग ६ अंक छ। शीर्ष दाबेदार भारतले लगातार ३ जित हासिल गर्दै ९ अंक जोडेको छ।

साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपाल, भारत, भुटान र बंगलादेश गरी चार राष्ट्र सहभागी छन्। डबल राउन्ड रोबिन लिग प्रणालीमा खेलाइने यस प्रतियोगितामा अन्तिममा सर्वाधिक अंक ल्याउने टोलीले उपाधि हात पार्नेछ।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.