अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबार अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) विरुद्ध दुईवटा टी–२० खेल खेल्ने भएको छ । पहिलो खेल नेपाली समय अनुसार बिहान ५:४५ बजे सुरु हुनेछ भने दोस्रो खेल बिहान ९:४५ बजेदेखि हुने तय गरिएको छ।
टप एन्ड टी–२० सिरिज सकिएपछि नेपालले थप पाँच अभ्यास खेल खेल्ने तालिका बनाइएको छ। यसअन्तर्गत नेपालले साउथ अस्ट्रेलियाको टिमसँग दुई टी–२० र एक वान डे खेल पनि खेल्नेछ।

हालै सम्पन्न टप एन्ड टी–२० सिरिजमा नेपाल ११ टोलीमध्ये आठौँ स्थानमा रह्यो। यद्यपि, आगामी विश्वकप छनोटलाई ध्यानमा राख्दै भइरहेको यो अष्ट्रेलिया भ्रमणलाई नेपाली टोलीका लागि महत्वपूर्ण तयारी अवसरका रूपमा लिइएको छ।
