Abiral Awaj

२०८३ जेष्ठ २३ गते

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८३ जेष्ठ २३ गते

बाणगंगामा ‘बाणगंगा कप २०८२’ क्रिकेट प्रतियोगिता हुँदै

कपिलवस्तु — कपिलवस्तुको बाणगंगा नगरपालिका–४, जितपुरस्थित बुद्ध रंगशालामा ‘बाणगंगा कप २०८२’ क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ।

९०’स वारियर्सको मुख्य आयोजनामा हुन लागेको यो प्रतियोगिता आगामी भदौ १८ गते, बुधबारदेखि सुरु हुनेछ। प्रतियोगितामा सहभागी टोलीले ५ हजार १११ रुपैयाँ प्रवेश शुल्क तिर्नुपर्नेछ।

विजेता टोलीले ५१ हजार १११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ३१ हजार १११ रुपैयाँ हात पार्नेछन्।

खेल संयोजक बिक्रम घिमिरेका अनुसार, यो प्रतियोगिता बाणगंगा क्षेत्रमा स्थानीय खेलाडीको प्रतिभा देखाउन र उनीहरूलाई अवसर दिलाउन ठूलो मञ्च बन्नेछ। “बाणगंगा कपले युवा खेलाडीलाई प्रोत्साहन दिनुका साथै यहाँ खेलमैत्री वातावरण निर्माणमा सहयोग गर्नेछ।”

प्रतियोगिता खुला श्रेणीको भएकाले रुपन्देही, अर्घाखाँची, दाङ, नवलपरासीलगायत छिमेकी जिल्लाका टोलीहरू समेत सहभागी हुने जनाइएको छ।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.