Abiral Awaj

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८२ माघ १ गते

नेपाल ए टोलीले भारत भ्रमणमा खेल्ने टी–२० खेलको तालिका सार्वजनिक

नेपाल ए टोलीले भारत भ्रमण अन्तर्गत गुवाहाटीमा आसाम क्रिकेट एसोसिएशनसँग खेल्ने पाँच टी–२० खेलको तालिका सार्वजनिक भएको छ।

Nep ‘A’ Tour of Ind शीर्षकसहित सार्वजनिक तालिकाअनुसार नेपाल एले २८ अगस्टदेखि १ सेप्टेम्बरसम्म पाँच वटा टी–२० खेल खेल्नेछ। खेलहरू गुवाहाटीस्थित एसीए सीए ग्राउन्ड, फुलुङ र एसीए स्टेडियममा हुनेछन्।

तालिकाअनुसार पहिलो दुई खेल (२८ र २९ अगस्ट) बिहान ११:०० बजेबाट सुरु हुने छन् भने बाँकी तीन खेल (३० अगस्ट, ३१ अगस्ट र १ सेप्टेम्बर) साँझ ५:०० बजेबाट सुरु हुनेछन्। पहिलो दुई खेल डे म्याच हुनेछन् भने बाँकी खेलहरू डे–नाइट म्याच हुनेछ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार, नेपाल ए टोलीको यो भ्रमणले युवा खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नेछ। आसाम क्रिकेट एसोसिएशनसँगको पाँच टी–२० सिरिजलाई आगामी खेलका लागि तयारीको रूपमा लिइएको छ।

📅 तालिका:

२८ अगस्ट, बिहान ११:०० बजे (डे म्याच) – एसीए सीए ग्राउन्ड, फुलुङ

२९ अगस्ट, बिहान ११:०० बजे (डे म्याच) – एसीए सीए ग्राउन्ड, फुलुङ

३० अगस्ट, साँझ ५:०० बजे (डे–नाइट म्याच) – एसीए स्टेडियम, गुवाहाटी

३१ अगस्ट, साँझ ५:०० बजे (डे–नाइट म्याच) – एसीए स्टेडियम, गुवाहाटी

१ सेप्टेम्बर, साँझ ५:०० बजे (डे–नाइट म्याच) – एसीए स्टेडियम, गुवाहाटी

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.