कपिलवस्तु जिल्ला बाणगंगा ५, काेपवाकाे श्री अन्नपूर्ण मा .विले यस वर्षको “तीज विशेष २०८२” कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। रंगीन पोशाक, रमाइला गीत र जीवन्त नृत्यले विद्यालयको माहोल साँच्चिकै पर्वमय बनाएको थियो।
कार्यक्रमकाे सञ्चालन यसै विधालयका प्रबन्धक निर्देशक कपिल घिमिरेले गरेका थिए।भने कार्यक्रमकाे व्यवस्थापन विधालयका अतिरिक्त संयाेजक अशाेक बेल्वासेले गरेका थिए।

कार्यक्रममा विद्यार्थीहरूले आफ्नै रचनामा आधारित तीज गीत गाउने र मौलिक नृत्य प्रस्तुत गर्ने अवसर पाए। विभिन्न समूह (सदन)हरूले तीजको सांस्कृतिक पक्ष उजागर गर्दै उत्कृष्ट प्रस्तुति दिएका थिए। निर्णायकहरूको भुमिकामा (अबिरल भण्डारी, निशा बन्जाडे र मिना खनालले गरेका थिए। मूल्याङ्कनका आधारमा चार समूहले क्रमशः प्रथम(कपिलधाम), द्वितीय(तिलाैराकाेट), तृतीय(कुदान) र सानत्वना(निगलिहवा)सदनले साेहि स्थान हासिल गरे।
विजयी विद्यार्थीहरूलाई विद्यालयका प्राचार्य प्रकाश भुसालले पुरस्कार प्रदान गरी सम्मान गरे।

विद्यालय परिवारले यस्ता सांस्कृतिक गतिविधिले विद्यार्थीमा आत्मविश्वास बढाउने, सिर्जनशीलता उजागर गर्ने र नेपाली संस्कृति जगेर्नामा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।
