Abiral Awaj

२०८३ जेष्ठ ११ गते

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८३ जेष्ठ ११ गते

नेपालले आफ्नो तेस्रो खेल आज बंगलादेशसँग खेल्ने

भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालले आफ्नो तेस्रो खेल आज बंगलादेशसँग खेल्ने भएको छ । भुटानको चाङ्लिमिथाङ रंगशालामा हुने खेल साँझ नेपाली समयअनुसार पौने ६ बजे सुरु हुनेछ ।

नेपाल र बंगलादेश दुवैले हालसम्म २–२ खेल खेलेका छन्, जसमा उनीहरूले समान १ जित र १ हारको नतिजा निकालेका छन् । नेपाल पहिलो खेलमा भारतसँग ७–० ले पराजित भए पनि दोस्रो खेलमा आयोजक भुटानलाई २–१ ले हराएको थियो । उता, बंगलादेशले भुटानलाई ३–१ ले हराउँदै राम्रो सुरुवात गरे पनि दोस्रो खेलमा भारतसँग २–० ले हार मानेको थियो ।

पछिल्लो समय बंगलादेश महिला फुटबलका विभिन्न उमेर समूहमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ, जसले आजको खेललाई प्रतिस्पर्धात्मक बनाउन सक्छ ।

अगस्ट ३१ सम्म चल्ने यो च्याम्पियनसिपमा नेपाल, भारत, बंगलादेश र आयोजक भुटान गरी चार टोली सहभागी छन् । प्रतियोगिता डबल राउण्ड रोबिन ढाँचामा खेलाइँदैछ, जसअनुसार सबैभन्दा बढी अंक जोड्ने टोली उपाधि विजेता बन्नेछ ।

हालसम्मको अंकतालिकामा भारतले २ खेलमै जित निकाल्दै ६ अंकसहित शीर्ष स्थानमा छ । बंगलादेश र नेपालको समान ३ अंक भए पनि गोलअन्तरका आधारमा बंगलादेश दोस्रो र नेपाल तेस्रो स्थानमा रहेका छन् । आजै हुने अर्को खेलमा भारतले भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपालको खेल तालिका

अगस्ट २० : नेपाल बनाम भारत

अगस्ट २२ : नेपाल बनाम भुटान

अगस्ट २४ : नेपाल बनाम बंगलादेश

अगस्ट २७ : बंगलादेश बनाम नेपाल

अगस्ट २९ : भारत बनाम नेपाल

अगस्ट ३१ : भुटान बनाम नेपाल

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.