Abiral Awaj

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८२ माघ १ गते

नेपालले आफ्नो तेस्रो खेल आज बंगलादेशसँग खेल्ने

भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालले आफ्नो तेस्रो खेल आज बंगलादेशसँग खेल्ने भएको छ । भुटानको चाङ्लिमिथाङ रंगशालामा हुने खेल साँझ नेपाली समयअनुसार पौने ६ बजे सुरु हुनेछ ।

नेपाल र बंगलादेश दुवैले हालसम्म २–२ खेल खेलेका छन्, जसमा उनीहरूले समान १ जित र १ हारको नतिजा निकालेका छन् । नेपाल पहिलो खेलमा भारतसँग ७–० ले पराजित भए पनि दोस्रो खेलमा आयोजक भुटानलाई २–१ ले हराएको थियो । उता, बंगलादेशले भुटानलाई ३–१ ले हराउँदै राम्रो सुरुवात गरे पनि दोस्रो खेलमा भारतसँग २–० ले हार मानेको थियो ।

पछिल्लो समय बंगलादेश महिला फुटबलका विभिन्न उमेर समूहमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ, जसले आजको खेललाई प्रतिस्पर्धात्मक बनाउन सक्छ ।

अगस्ट ३१ सम्म चल्ने यो च्याम्पियनसिपमा नेपाल, भारत, बंगलादेश र आयोजक भुटान गरी चार टोली सहभागी छन् । प्रतियोगिता डबल राउण्ड रोबिन ढाँचामा खेलाइँदैछ, जसअनुसार सबैभन्दा बढी अंक जोड्ने टोली उपाधि विजेता बन्नेछ ।

हालसम्मको अंकतालिकामा भारतले २ खेलमै जित निकाल्दै ६ अंकसहित शीर्ष स्थानमा छ । बंगलादेश र नेपालको समान ३ अंक भए पनि गोलअन्तरका आधारमा बंगलादेश दोस्रो र नेपाल तेस्रो स्थानमा रहेका छन् । आजै हुने अर्को खेलमा भारतले भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपालको खेल तालिका

अगस्ट २० : नेपाल बनाम भारत

अगस्ट २२ : नेपाल बनाम भुटान

अगस्ट २४ : नेपाल बनाम बंगलादेश

अगस्ट २७ : बंगलादेश बनाम नेपाल

अगस्ट २९ : भारत बनाम नेपाल

अगस्ट ३१ : भुटान बनाम नेपाल

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.