Abiral Awaj

२०८२ कार्तिक २८ गते

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८२ कार्तिक २८ गते

विजेतालाइ नगद एक करोड रुपैयाँ “मेरो भ्वाइस युनिभर्स” र “मेरो डान्स युनिभर्स सिजन–२” को भव्य ग्राण्ड फिनाले सम्पन्न

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा फाउन्डेसनले आयोजना गरेको “मेरो भ्वाइस युनिभर्स” र “मेरो डान्स युनिभर्स सिजन–२” को भव्य ग्राण्ड फिनाले सम्पन्न भएको छ।

कार्यक्रममा प्रथम गुरुङ “मेरो भ्वाइस युनिभर्स” का विजेता बनेका छन् भने रिस्ता गुरुङ “मेरो डान्स युनिभर्स” की विजेता घोषित भएकी छन्।

विजेताले नगद एक करोड रुपैयाँ, २५ लाख बराबरको जीवन बीमा, हवाई टिकट र अन्य आकर्षक पुरस्कार प्राप्त गरेका छन्।

“मेरो डान्स युनिभर्स” मा अमृता राई फस्ट रनरअप, सीतु महर्जन सेकेन्ड रनरअप, सुरज सिंजाली मगर थर्ड रनरअप, सुशना कोइराला फोर्थ रनरअप र साजन पाख्रिन तामाङ फिफ्थ रनरअप घोषित भए।
त्यस्तै, “मेरो भ्वाइस युनिभर्स” मा टोपराज तामाङ फस्ट रनरअप, जुनु प्रसाईँ सेकेन्ड रनरअप, वाङ्गे गुरुङ थर्ड रनरअप, प्रशान्त पोखरेल फोर्थ रनरअप र दीपराज राई फिफ्थ रनरअप बने।

कल्चरल ग्रुप डान्स तर्फ भुटनिज रेफुजी डान्स ग्रुप विजेता बनेको छ। यस श्रेणीमा मनास्लु वर्ड कलेज फस्ट रनरअप, युमा महारानी नृत्य समूह सेकेन्ड रनरअप, नेपाल प्रहरी थर्ड रनरअप र तरेली सांस्कृतिक ग्रुप फोर्थ रनरअप घोषित भए।

विजेताहरूलाई सभामुख देवराज घिमिरे, गृहमन्त्री रमेश लेखक, सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङ, संस्कृति मन्त्री बद्रीप्रसाद पाण्डे र ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन लगायत विशिष्ट अतिथिहरूले पुरस्कार तथा ट्रफी प्रदान गरेका थिए।

 

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.