Abiral Awaj

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८२ माघ १ गते

भारतको आसाम स्टेट संग खेल्ने नेपाल ए टोलीकाे घोषणा

भारतको गुवाहाटीमा भदौ १० देखि १८ गतेसम्म (अगस्ट २६–सेप्टेम्बर ३) नेपाल ए र आसाम स्टेट टिमबीच पाँच खेलको टी–२० सिरिज हुने भएको छ। यसका लागि नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल ए को टोली घोषणा गरेको छ।

घोषित टोलीको कप्तानी विकेटकिपर तथा ब्याटर अनिल साहले गर्नेछन्। राष्ट्रिय टोलीमा समेत अनुभव बटुलेका साहलाई यसपटक नेपाल ए को कप्तान बनाइएको हो।

१६ खेलाडी समावेश गरिएको टोलीमा अर्जुन घर्ती, सुभ कन्साकर, तृत राज दास, ईशान पाण्डे, देव खनाल, सन्दीप जोरा, विवेक कुमार यादव, पवन सराफ, बसिर अहमद, आकाश चन्द, कमल सिंह ऐरि, मोहम्मद आदील आलम अन्सारी, शेर मल्ल, युवराज खत्री र सागर ढकाल रहेका छन्।

यस सिरिजलाई नेपाली युवा खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने र अनुभव बटुल्ने महत्वपूर्ण अवसरका रूपमा लिइएको छ।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.