Abiral Awaj

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८२ माघ १ गते

नेपाललाई जितका लागि १४५ रनको लक्ष्य

अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा नेपालले आफ्नो अन्तिम लिग खेलमा पाकिस्तान शाहीन्सविरुद्ध मध्यम लक्ष्य पाएको छ।

डार्विनस्थित मरारा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १४४ रन मात्रै बनाउन सक्यो। यससँगै नेपाललाई जितका लागि १४५ रनको लक्ष्य दिइएको छ।

पाकिस्तानका कप्तान मोहम्मद इरफान खान नियाजीले अविजित ४२ रनको पारी खेले। एक चरणमा ७९–७ को कठिन अवस्थामा पुगेको पाकिस्तानलाई इरफानको पारीले सम्मानजनक स्कोरसम्म पुर्‍यायो।

नेपालका लागि सोमपाल कामी सर्वाधिक सफल बलर बने। उनले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए। नन्दन यादव र दिपेन्द्रसिंह ऐरीले २–२ विकेट हात पार्दा कुशल भुर्तेलले १ विकेट लिए।

अब नेपालले यो खेल जित्ने मात्र नभई राम्रो अन्तरले जित्ने प्रयास गर्नेछ। अन्य नतिजा आफू अनुकूल आएमा नेपाल सेमिफाइनलमा स्थान बनाउन सक्नेछ।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.