Abiral Awaj

२०८३ जेष्ठ ११ गते

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८३ जेष्ठ ११ गते

टप एन्ड टी-२० सिरिजमा नेपाल र पाकिस्तान आमनेसामने

अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिज अन्तर्गत नेपालले आज आफ्नो अन्तिम लिग खेल पाकिस्तान शाहीन्सविरुद्ध खेल्दैछ। खेल डार्विनस्थित मरारा क्रिकेट ग्राउण्ड २ मा दिउँसो नेपाली समय अनुसार सवा ३ बजे सुरु हुनेछ।

नेपालले हालसम्म खेलेका पाँच खेलमध्ये दुईमा जित हात पारेको छ भने तीनमा पराजय भोगेको छ। सुरुवाती तीन खेलमा लगातार हार बेहोरेको नेपालले चौथो खेलमा होबार्टविरुद्ध ६६ रनले तथा पाँचौं खेलमा मेलबर्न रेनेगेड्सलाई ३३ रनले हराउँदै आत्मविश्वास फर्काएको हो।

नेपालले पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रनले, दोस्रो खेलमा बंगलादेश ‘ए’सँग ३२ रनले र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजय खेपेको थियो।

पाकिस्तान शाहीन्सले भने ५ खेलमा ३ जित निकाली ६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा रहेको छ। नेपाल ५ खेलबाट ४ अंक जोडेर सातौं स्थानमा छ।

११ टोली सहभागी यस सिरिजमा प्रत्येकले ६–६ लिग खेल खेलेपछि शीर्ष चार टोलीले सेमिफाइनल प्रवेश गर्नेछन्। नेपाललाई सेमिफाइनलमा पुग्न पाकिस्तानलाई ठुलो अन्तरले हराउनु पर्नेछ र अन्य खेलका नतिजा पनि आफ्नो पक्षमा आउनुपर्नेछ।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.