Abiral Awaj

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८२ माघ १ गते

`बडका अत्तवारी’ पर्वकाे अवसरमा आइतवार सार्वजनिक बिदा

कपिलस्तु, भदौ ६– आन्तरिक मामिला तथा कानुन मन्त्रालय, लुम्बिनी प्रदेशले आगामी आइतबार ‘बड्का अत्तवारी’ पर्वको अवसरमा ६ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मन्त्रालयले एक सूचना जारी गर्दै दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही र नवलपरासी (ब.सु.प.) जिल्लामा भदौ ८ गते सार्वजनिक बिदा रहने जनाएको हो।

यसअघि २०८१ साल चैत २१ गते प्रकाशित सूचनाअनुसार नै सो निर्णय कार्यान्वयनमा ल्याइएको मन्त्रालयले स्पष्ट गरेको छ। ‘बड्का अत्तवारी’ पर्व थारु समुदायको महत्वपूर्ण सांस्कृतिक उत्सव भएकाले उक्त दिन सार्वजनिक बिदा दिइने जानकारी मन्त्रालयका उपसचिव एवम् प्रवक्ता कृष्णप्रसाद नेपालद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.