Abiral Awaj

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८२ माघ १ गते

कपिलवस्तु क्वानकिडो संघ गठन

कपिलवस्तुमा “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने मूल नाराका साथ कपिलवस्तु क्वानकिडो संघ गठन गरिएको छ। नवगठित १५ सदस्यीय कार्यसमितिको अध्यक्षमा अश्विन के.सी. निर्वाचित भएका छन्। समितिमा उपाध्यक्षमा मधु आचार्य, सचिवमा शेषकान्त मरासिनी, सह–सचिवमा पशुपति यादव र कोषाध्यक्षमा सन्ध्या सापकोटा रहेका छन्।

गठन कार्यक्रममा प्रमुख अतिथि रहेका जिल्ला खेलकुद विकास समितिका प्रमुख मिनप्रसाद पोख्रेलले खेलकुदले राष्ट्रको गौरव बढाउनुका साथै स्वास्थ्य र अनुशासनमा टेवा पुग्ने उल्लेख गरे।

त्यसैगरी, क्वानकिडो संघका केन्द्रीय महासचिव टेकराज के.सी. ले जिल्लामा संघको स्थापना हुनु खेलकुद क्षेत्रको लागि महत्वपूर्ण उपलब्धि भएको बताए।

नव–निर्वाचित अध्यक्ष अश्विन के.सी. ले कपिलवस्तुमा क्वनकिडो खेललाई लोकप्रिय बनाउन प्रशिक्षण, प्रतियोगिता र नियमित गतिविधिहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा अनेरास्ववियु कपिलवस्तुका जिल्ला इञ्चार्ज विष्णु घिमिरेसहित विभिन्न अतिथिहरूको सहभागिता रहेको थियो।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.