Abiral Awaj

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८२ माघ १ गते

नेपालले उत्कृष्ट प्रदर्शन संगै दोस्रो जित

अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै लगातार दोस्रो जित हात पारेको छ। बुधबार भएको पाँचौं खेलमा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले पराजित गर्दै ५ खेलपछि ४ अंक जोड्न सफल भएको हो।

यसअघि सिरिजका सुरुवाती तीन खेलमा लगातार हार व्यहोरेको नेपालले चौथो खेलमा होबार्टलाई ६६ रनले हराउँदै पहिलो जित निकालेको थियो। त्यसको momentum कायम राख्दै नेपालले पाँचौं खेलमा पनि उत्कृष्ट प्रदर्शन गरेको हो।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन जोड्यो। नेपालका लागि कुशल मल्लले २२ बलमा २९ रन, कप्तान दिपेन्द्रसिंह ऐरीले २८ बलमा २७ रन, लोकेश बमले २४ रन, भीम सार्कीले १७ रन तथा आरिफ शेख र रुपेश सिंहले समान १२–१२ रनको योगदान दिए।

१४० रनको लक्ष्य पछ्याएको रेनेगेड्स एकेडेमी २० ओभरमै १०६ रनमा समेटियो। विपक्षी टोलीका अर्जुन नायरले २६, जे लेमिरले १८ तथा ह्यारी डिक्सनले १६ रन बनाए।

बलिङतर्फ नेपालका लागि सोमपाल कामी स्टार बने। उनले ४ ओभरमा मात्र १७ रन खर्चिँदै ५ विकेट लिए। कुशल भुर्तेलले २ विकेट दिलाउँदा रुपेश सिंह, शाहब आलम र दिपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए।

यस जितसँगै नेपाल ५ खेलमा ४ अंक जोडेर सातौँ स्थानमा उक्लिएको छ। सिरिज अन्तर्गत शीर्ष चार टोलीले सेमिफाइनल खेल्ने व्यवस्था रहेको छ। अब नेपालले शुक्रबार पाकिस्तान शाहीन्ससँग भिड्नेछ।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.