Abiral Awaj

२०८३ जेष्ठ ११ गते

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८३ जेष्ठ ११ गते

नेपालले आफ्नो पाँचौं खेल मेलबर्न रेनेगेड्स एकेडेमीसँग खेल्दै

अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिज अन्तर्गत नेपालले आफ्नो पाँचौं खेल बुधबार मेलबर्न रेनेगेड्स एकेडेमीसँग खेल्दै छ ।

डार्विनको पार्मर्स्टनस्थित काजालिस एरेनामा हुने खेल बिहान नेपाली समयअनुसार सवा ११ बजे सुरु हुनेछ । नेपाली टोलीको कप्तानी रोहित पौडेलले गर्नेछन् भने रेनेगेड्सलाई बिग ब्यास लिगका कप्तानसमेत रहेका विल सदरल्याण्डले नेतृत्व गर्नेछन् ।

नेपालले हालसम्म खेलेका चार खेलमध्ये तीनमा पराजय भोग्दै एक खेलमा मात्र जित निकालेको छ । पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रनले, दोस्रो खेलमा बंगलादेश ‘ए’सँग ३२ रनले र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको नेपालले चौथो खेलमा होबार्टलाई भने ६६ रनले पराजित गर्दै पहिलो जित हात पारेको हो । त्यसैले नेपाल अब रेनेगेड्सविरुद्ध पनि जितको क्रमलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ ।

उता, मेलबर्न रेनेगेड्सले अहिलेसम्म तीन खेल खेलेर दुई जित निकालिसकेको छ । यो सिरिजमा ११ टोली सहभागी छन् र प्रत्येक टोलीले ६–६ वटा लिग खेल खेलेपछि शीर्ष ४ मा पुगेका टोलीले सेमिफाइनल खेल्नेछन् ।

नेपालले हालसम्मका ४ खेलबाट २ अंक मात्र जोडेको छ र अंक तालिकामा आठौं स्थानमा रहेको छ । नेपालले आफ्नो अन्तिम लिग खेल शुक्रबार पाकिस्तान शाहीन्सविरुद्ध खेल्नेछ

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.