Abiral Awaj

२०८३ जेष्ठ ११ गते

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८३ जेष्ठ ११ गते

तीन खेलमै पराजित नेपाल चौथो खेलमा जित खोज्दै

अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपालले मंगलबार आफ्नो चौथो खेल खेल्नेछ। डार्विनको पार्मर्स्टनस्थित काजालिस एरेनामा हुने खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ।

नेपाली टोलीको नेतृत्व कप्तान रोहित पौडेलले गर्नेछन् भने प्रतिद्वन्द्वी होबार्ट हरिकेन्सको कप्तानी बिग ब्यासका अनुभवी खेलाडी म्याकालिस्टर राइटले सम्हाल्नेछन्।

नेपाल तीन खेलमै पराजित

नेपाल हालसम्मका तीनै खेलमा हार बेहोरेको छ। पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको नेपाल दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग ३२ रनले र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले हार मान्न बाध्य भएको थियो।

होबार्टको यात्रा

प्रतिद्वन्द्वी होबार्टले तीन खेल खेलेको छ। एसीटीलाई पहिलो खेलमा हराएको होबार्ट त्यसपछि मेलबर्न स्टार्स र एनटी स्ट्राइकसँग पराजित भएको छ।

प्रतियोगिताको स्वरूप

११ टोली सहभागी यो सिरिजमा प्रत्येक टोलीले ६–६ लिग खेल खेल्नेछ। लिग चरणपछि शीर्ष ४ टोलीले सेमिफाइनल प्रवेश पाउनेछन्। नेपाल हालसम्म अंकविहीन रहँदै पुछारबाट दोस्रो स्थानमा छ।

नेपालका बाँकी खेल

नेपालले यसपछि बुधबार मेलबर्न रेनेगेड्ससँग र शुक्रबार पाकिस्तान शाहीन्ससँग प्रतिस्पर्धा गर्नेछ।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.