Abiral Awaj

२०८३ जेष्ठ ११ गते

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८३ जेष्ठ ११ गते

तेस्रो खेल ‘जित’को खाँचो रहेको अवस्थामा नेपाल

अस्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिजमा नेपाली क्रिकेट टोली दबाबमुक्त छैन। उपाधिको लक्ष्यसहित मैदानमा उत्रिएको नेपालले लगातार दुई खेलमा हार बेहोरेपछि सोमबार हुने मेलबर्न स्टार्स एकेडेमीविरुद्धको तेस्रो खेल ‘जित’को खाँचो रहेको अवस्थामा खेलेको छ।

टप एन्ड टी-२० सिरिज : मेलबर्न स्टार्सले नेपालविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । नेपाल लगातार तेस्रो खेलमा पहिले बलिङ गर्दै छ ।

पहिलो खेलमा नर्दर्न टेरिटोरी स्ट्राइकरविरुद्ध ४२ रनले पराजित हुँदा नेपाल २० ओभर खेल्दै १३५ रनमै रोकिएको थियो। दोस्रो खेलमा बंगलादेश ‘ए’ ले दिएको १८७ रनको लक्ष्य पछ्याउँदा केही सुधार देखिए पनि टोली १५४ रनमै समेटिँदै ३२ रनले हारको भागीदार बन्यो।

लगातार दुई खेलमा १५५ रन पार गर्न नसकेको अवस्थाले नेपालको ब्याटिङतर्फ गहिरो समस्या रहेको स्पष्ट भएको छ। विशेषगरी कप्तान रोहितकुमार पौडेल र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले अपेक्षित योगदान दिन नसक्दा टोली दबाबमा परेको छ। त्यसमाथि ओपनिङ जोडीले स्थिर सुरुआत दिन नसक्दा मध्यक्रम अझै दबाबमा परेको छ।

यद्यपि दोस्रो खेलमा देखिएका केही सकारात्मक पक्ष र हारबाट सिकेका अनुभवले सोमबारको खेललाई आशा जगाउने खालको बनाएको छ। मेलबर्नमा हुने खेल नेपालका लागि सिरिजमा पहिलो अंक जोड्ने मात्र अवसर होइन, आत्मबल पुनःस्थापित गर्ने मौका पनि हो।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.