Abiral Awaj

२०८३ जेष्ठ ११ गते

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८३ जेष्ठ ११ गते

कुशल मल्ल बाहेक अन्य ब्याटरकाे निराशाजनक प्रदर्शन

टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेश ‘ए’ ले २० ओभरमा ६ विकेटको नोक्सानीमा १ सय ८६ रनको योगफल बनायो। ओपनर जिसान आलमले आक्रामक प्रदर्शन गर्दै ४६ बलमा ४ चौका र ५ छक्कासहित ७३ रनको योगदान दिए। उनले मोहम्मद नैम (२५ रन) सँग पहिलो विकेटका लागि ६२ रनको साझेदारी गरेका थिए। आतिफ होसेनले अन्त्यतिर मात्र २३ बलमा ९ चौका प्रहार गर्दै अविजित ४८ रन बनाएर टोलीको योगफल उचाले। नेपालका रिजन ढकालले २ विकेट लिँदा सन्दीप लामिछाने, करण केसी र नन्दन यादवले समान १–१ विकेट झारे।

लक्ष्य पछ्याउने क्रममा नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५४ रनमै सीमित रह्यो। मध्यमक्रमका कुशल मल्लले लगातार दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन गरे। उनले ४७ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै अविजित ५९ रन बनाए। अन्त्यमा उनले नन्दन यादव (१४ अविजित)सँग मिलेर आठौं विकेटका लागि ४७ रनको साझेदारी गरे पनि टोलीलाई विजयसम्म पुर्‍याउन सकेनन्।

नेपालका अन्य ब्याटरले पुनः निराशाजनक प्रदर्शन गरे। आसिफ शेखले २८ रन, लोकेश बमले १५ रन, कप्तान रोहित पौडेलले १० रन जोडे भने दीपेन्द्र सिंह ऐरी (१) र गुलशन झा (०) सस्तैमा आउट भए। बंगलादेश ‘ए’ का रकिबुल हसनले ३ विकेट लिए भने हसन महमुदले २ तथा रिपोन मण्डल र टोफेल अहमदले समान १–१ विकेट हात पारे।

यसअघि पहिलो खेलमा नेपाल घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो। सिरिजमा नेपालले अझै ४ खेल खेल्न बाँकी छ, जसमा मेलबर्न स्टार्स, होबार्ट हुरिकेन्स, मेलबर्न रेनेगेड्स र पाकिस्तान ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्नेछ।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.