Abiral Awaj

२०८३ असार ३१ गते

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८३ असार ३१ गते

पहिलो खेलमा पराजित दुबै टाेलि (बंगलादेश ‘ए’ र नेपाल) बिच भिडन्त

टप एन्ड टी-२० सिरिजमा नेपाल आज बंगलादेश ‘ए’ सँग भिड्दै

अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिज अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज बंगलादेश ‘ए’ सँग प्रतिस्पर्धा गर्नेछ। खेल डार्विनको मरारा क्रिकेट ग्राउण्ड २ मा दिउँसो नेपाली समयअनुसार सवा ३:१५ बजे सुरु हुनेछ।

नेपाली टोलीको नेतृत्व कप्तान रोहित पौडेलले गरिरहेका छन् भने बंगलादेश ‘ए’ का कप्तान नुरुल हसन हुन्। दुवै टोली पहिलो खेलमा पराजित भएकाले आजको भिडन्तमा पहिलो जितको खोजीमा हुनेछन्।

नेपाल पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो। त्यस्तै, बंगलादेश ‘ए’ पाकिस्तान शाहीन्ससँग ७९ रनको हार बेहोरेको थियो। बंगलादेश ‘ए’ गत सिजनको उपविजेता टोली हो र यसमा अन्तर्राष्ट्रिय अनुभवसम्पन्न खेलाडीहरूसँगै हालैको बंगलादेश प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेका सदस्यहरू पनि छन्।

२४ अगस्टसम्म डार्विन र पामरस्टनमा चल्ने यस प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टोलीसहित ११ टोलीले ३६ लिग खेल खेल्ने तालिका छ। नेपालले यसपछि मेलबर्न स्टार्स, होबार्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स र पाकिस्तान शाहीन्ससँग खेल्नेछ।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.