Abiral Awaj

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८२ माघ १ गते

पिपरा मन्दिरमा राधाकृष्ण जन्मोत्सव मनाउनका लागि अन्तिम तयारी पुरा

तेज प्रसाद आचार्य , कपिलवस्तु

सृष्टिका अधिष्ठाता एवं ज्ञानका अमरस्रोत श्री कृष्ण भगवानको जन्मोत्सवको पुनित अवसरमा भोलि श्रावण महिनाको ३१ गते शनिबारका दिन यस वाणगंगा नगरपालिका वडा नम्बर २ पिपरामा रहेको राधाकृष्ण मन्दिरमा एक सभ्य ,भव्य र दिव्य समारोहको बीचमा राधाकृष्ण जन्मोत्सव मनाउनका लागि अन्तिम तयारी भएको छ । भोलि बिहान ५ बजेदेखि मन्दिरका ढोका खुल्नेछन् भने ६ बजेबाट कलश यात्राको कार्यक्रम सुरु हुनेछ। ८ बजेपछि राधाकृष्ण भगवानको जन्मोत्सवको अवसरमा पूजाआजा कार्यक्रम सञ्चालन हुँदै राधाकृष्ण भगवानका संगीतमय भजन किर्तन कार्यक्रम सञ्चालन हुनेछ। यसका साथसाथै दिउँसो आध्यात्मिक कथा प्रवचन , टिका तथा प्रसादी वितरण जस्ता कार्यक्रमहरु चल्ने छन्। यसका साथसाथै साँझमा सन्ध्याकालीन आरती कार्यक्रम संगीतमय भजन किर्तन सँगै अगाडि बढ्ने छ। यसका साथसाथै रातिको ठिक १२ बजे कृष्ण बाला जन्माउने कार्यक्रम रहने छ । यसरी एक सभ्य भव्य र दिव्य समारोहको बीचमा औपचारिक कार्यक्रमसँगै भजन किर्तनको साथमा अगाडि बढ्ने कृष्ण भगवानको जन्मोत्सव कार्यक्रम भाद्र १ गते बिहान ७ बजे फूलपाती विसर्जन गरिसकेपछि मात्र सम्पन्न हुने छ । उक्त कार्यक्रमलाई व्यवस्थित हिसाबले सञ्चालन गर्नको लागि मन्दिर व्यवस्थापन समिति मूल समिति रहनेगरी विभिन्न किसिमका कार्यसम्पादन उपसमितिहरू तोकिएका छन्। जसमा २४ वटा उपसमितिहरूबाट जिम्मेवारीपूर्वक कार्यहरू सम्पन्न गरिएका छन् !

यसरी उक्त कार्यक्रममा व्यवस्थित तरिकाले सञ्चालन गर्नको लागि सुरक्षा व्यवस्थाको हिसाबले इलाका प्रहरी कार्यालय पिपरा त्यसैगरी सशस्त्र प्रहरी बल पिपरा रहनेछ । स्वास्थ्य सेवालाई मध्यनजर गरेर पिपरा अस्पतालबाट स्वास्थ्य टोली खटाउने कार्यक्रम रहेको छ। यसका साथसाथै विभिन्न युवा क्लबहरूबाट पनि सुरक्षार्थ तथा स्वयंसेवकको रुपमा कार्यक्रम सम्पादन गर्ने जिम्मेवारी तोकिएको छ ।जसमा वडा स्तरीय युवा क्लब र न्यु भिजन युवा क्लबबाट करिब ३३ जना सदस्य समितिबाट उक्त कार्य सम्पादन गर्नको लागि स्वयंसेवकको रुपमा आफ्नो भूमिका निर्वाह गरिने छ यसका साथसाथै सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई भोलि बिहान ५ बजेदेखि कार्यक्रम सञ्चालन हुने हुँदा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई उक्त पुणित कार्यक्रममा सहभागी भएर पून्य लाभ लिन हुन सम्पूर्ण श्रद्धालु भक्तजनहरुमा राधाकृष्ण मन्दिरमा व्यवस्थापन समितिका सदस्य तथा सचिवालय सदस्यको कार्यभारको रूपमा रहनुभएका श्री तेज प्रसाद आचार्यले जनाउनुभएको छ।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.