Abiral Awaj

२०८३ जेष्ठ ११ गते

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८३ जेष्ठ ११ गते

नेपाल पहिलो खेलमा स्थानीय नर्दर्न टेरिटोरी स्ट्राइकरसँग भिड्दै

कपिलवस्तु ,साउन  ३० —बिहिवारदेखि डार्बिनमा सुरु भएको टप एन्ड टी–२० सिरिजमा नेपालले आफ्नो पहिलो खेलमा शुक्रवार स्थानीय नर्दर्न टेरिटोरी स्ट्राइकरसँग भिड्दै। छ आगामी असोजमा ओमानमा हुने टी–२० विश्वकप एसिया तथा ईस्ट एशिया–प्यासिफिक छनोटको तयारी स्वरूप नेपाल अस्ट्रेलिया भ्रमणमा गएको हो।

सिरिजमा नेपालसँगै बंगलादेश ‘ए’, मेलबर्न स्टार्स, होबार्ट हुरिकेन्स, मेलबर्न रेनेगेड्स, पाकिस्तान शाहीन्स र नर्दर्न टेरिटोरी स्ट्राइकर सहभागी छन्। अगस्ट १४ देखि २४ सम्म चल्ने खेलमा डार्बिनको मौसम र पिचको अवस्था महत्त्वपूर्ण हुने देखिन्छ।

अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले टप एन्ड टी–२० सिरिजपछि थप पाँच अभ्यास खेल खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले बिहिवार जारी गरेको विज्ञप्तिअनुसार टोलीले क्रिकेट एसीटी र साउथ अस्ट्रेलियाविरुद्ध प्रतिस्पर्धा गर्नेछ।

कार्यतालिका अनुसार नेपालले भदौ १० गते क्रिकेट एसीटीविरुद्ध दुई टी–२० खेल खेलेपछि, भदौ १२ गते साउथ अस्ट्रेलियासँग पुनः दुई टी–२० खेल्नेछ। त्यसपछि भदौ १४ गते दुवै टोलीबीच एकदिवसीय खेल हुनेछ।

 

 

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.