Abiral Awaj

२०८३ जेष्ठ ११ गते

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८३ जेष्ठ ११ गते

एसियन कप छनोटमा नेपालको यात्रा समाप्त

भुटानको थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा आइतबार सम्पन्न समूह ‘ए’ को अन्तिम खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी उत्तर कोरियासँग ११-० को फराकिलो हार व्यहोरेको छ। उत्तर कोरियाले पहिलो हाफमै ५ र दोस्रो हाफमा थप ६ गोल गर्दै सहज जित हात पारेको हो।

यस जितसँगै साविक विजेता उत्तर कोरिया समूहको सबै तीन खेल जित्दै ९ अंकका साथ शीर्ष स्थानमा रह्यो र आगामी वर्ष थाइल्यान्डमा हुने एएफसी यू–२० महिला एसियन कपमा आफ्नो स्थान पक्का गर्‍यो। छनोटमा उत्तर कोरियाले ३६ गोल गर्दै एक गोल पनि नखाने अपराजित प्रदर्शन गर्‍यो।

नेपालका लागि यो छनोटको पहिलो हार भए पनि यसले प्रतियोगितामा छनोट हुने आशा समाप्त भएको छ। नेपालले तीन खेलबाट जम्मा ४ अंक मात्रै जोड्न सक्यो। पहिलो खेलमा भुटानसँग १-१ को बराबरी खेलेको नेपालले दोस्रो खेलमा साउदी अरेबियालाई १-० ले हराएको थियो।

प्रतियोगिताको नियम अनुसार, ८ समूह विजेता सिधै अन्तिम चरणमा पुग्नेछन् भने उपविजेतामध्ये उत्कृष्ट तीन टोली पनि छनोट हुनेछन्। तर अन्य ५ समूहका दोस्रो स्थानका टोलीसँग ६ अंक भइसकेकाले नेपाल उत्कृष्ट दोस्रो बन्न सकेन।

नेपालले भुटान र साउदीलाई हराएर उत्तर कोरियासँग बराबरी गर्दै अन्तिम चरणमा पुग्ने लक्ष्य राखेपनि बलियो प्रतिद्वन्द्वीविरुद्ध त्यो सम्भावना साकार हुन सकेन।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.