Abiral Awaj

२०८३ जेष्ठ ११ गते

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८३ जेष्ठ ११ गते

नेपाल र भुटानबीच १-१ गोलको बराबरी

एएफसी यु-२० महिला एसियन कप छनोट अंतरगतकाे खेलमा नेपाल र भुटानबीच १-१ गोलको बराबरीमा सकिएको छ।
आयोजक भुटानविरुद्ध नेपालले ३८ सेकेन्डमा नै गोल गर्यो। सेनु परियारले गोल गरिन्। तर यो अग्रता खेलको १८ औं मिनेटमा तोडियो।
भुटानको लागि केल्देन वाङमोले बराबरी गोल गरिन्।साफ महिला यु-२० च्याम्पियनसिपमा सहभागी भएर फर्किए लगतै नेपाली टोलीले यो छनोट खेल खेलेको हो।
बंगलादेशमा भएको साफमा नेपाल उप विजेता बनेको थियो। एएफसी यु-२० महिला एसियन कप छनोटमा नेपालले समुह ‘ए’ मा आयोजक भुटानसँगै, साउदी अरेबिया र सशक्त राष्ट्र उत्तर कोरियासँग रहेको छ।
समुह विजेताले सन् २०२५ मा थाइल्यान्डमा हुने एएफसी यु-२० महिला एसियन कपमा स्थान बनाउनेछ। छनोटमा कुल चार समुह रहेका छन्। प्रत्येक समुहको विजेता र चार समुहबाट उत्कृष्ट ३ उपविजेता पनि छनोट हुने प्रावधान रहेको छ।
साफ यु-२० मा भने नेपालले भुटानलाई ६-१ र ८-० ले हराएको थियो। तर आजकाे खेलमा नेपाल बराबरिमै रनेकिन पुग्याे। दुबै टाेलिले १-१ अंक बाढेका छन्।
अजै भएकाे अर्ककाे खेलमा भने उत्तर कोरियाले साउदी अरबलाई १५-० ले हराएको छ ।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.