कपिलवस्तु ,१२ श्रावण २०८२
लुम्बिनी प्रदेश अन्तरगत कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाको कार्यालयले नेपालीहरुको महान पर्व नाग पञ्चमीको शुभ अवसरमा नगरभित्र रहेका नगरपालिका अन्तरगतका वडा कार्यालयहरु ,स्वास्थ्य संस्था ,शैक्षिक संस्था ,नगरस्तरका नियमन क्षेत्र , तथा सबै सरकारीसंघ संस्थाहरुमा एक दिने स्थानीय बिदा घोषण गरेको छ ।नगरपालिकाले सामाजिक ,सांस्कृतिक ,तथा धार्मिक महत्त्वलाई मध्यनजर गर्दै यो निर्णय लागु गरिएको हो। नाग पञ्चमीको नेपाली परम्परा अनुसार प्रकृतिमा रहेका नाग देवताको पूजा गरिने एक प्रमुख हिन्दु पर्व हो । जसलाई विशेष गरी वर्षा यामसँग सम्बन्धित प्राकृतिक सन्तुलनको प्रतीकको रूपमा पनि लिइन्छ । हिन्दु धर्म अनुसार सर्प तथा नागलाई पवित्र तथा शक्तिशाली प्राणी मानिन्छ । मानिस र नागबीच सह अस्तित्व रहन सकोस् भनेर नागको पूजा गरिन्छ । उक्त दिनमा धर्मग्रन्थ अनुसार शेषनाग , वासुकी नाग , तक्षक नाग , कालीय नाग जस्ता आदि प्रसिद्ध नागहरु भगवान बिष्णु , शिवसँग सम्बन्धित भएकोले ती सबै नागहरुको उक्त नाग पञ्चमीको अवसरमा पूजा गरिन्छ ।
