Abiral Awaj

२०८३ बैशाख ५ गते

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८३ बैशाख ५ गते

नेपालले आफ्नो पहिलो खेल खेल्नकाे लागि घोषणा गर्‍याे अन्तिम टोली

एएफसी यू-२० महिला एसियन कप छनोटका लागि नेपालले घोषणा गर्‍याे अन्तिम टोली

कपिलवस्तु, साउन ११ – आगामी अगस्ट ६ देखि ११ तारिखसम्म भुटानमा आयोजना हुने एएफसी यू-२० महिला एसियन कप छनोट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय महिला यू-२० टोलीको अन्तिम सूची सार्वजनिक गरिएको छ।

मुख्य प्रशिक्षक याम प्रसाद गुरुङले टोलीको घोषणा गर्दै २३ खेलाडी समेटिएको टोली सार्वजनिक गरेका हुन्। नेपाल रहेको समूह ‘ए’ मा डीपीआर कोरिया, साउदी अरेबिया र आयोजक भुटान रहेका छन्।

हालै सम्पन्न साफ यू-२० च्याम्पियनसिप खेल्ने टोलीबाट एक मात्र परिवर्तन गरिएको छ। झुमा विकको स्थानमा सजिना स्याङ्तान नयाँ अनुहारको रूपमा टोलीमा परेकी छन्।

🔴 नेपाल यू-२० महिला टिमको अन्तिम सूची:

🧤 गोलकिपर:

लिला जोशी

करुण बुढाथोकी

सुजाता तामाङ

🛡️ डिफेन्डर:

सरिता कुमारी नाथ

माया मास्के

सेमिहाङ्मा लिम्बु पन्धाक

सिम्रन राई

सजिना स्याङ्तान

गंगा रोकाया

अनिशा राई

सीता रोकाया

⚙️ मिडफिल्डर:

कविता गुरुङ

सुसिला केसी

अस्मिता गुरुङ

बिर्सना चौधरी (कप्तान)

सेनु परियार

⚔️ फर्वार्ड:

कुसुम खतिवडा

सुक्रिया मिया

मनिषा सेन

वर्षा ओली

पूर्णिमा राई

मीना देउवा

समीक्ष्या मगर

नेपालले आफ्नो पहिलो खेल अगस्ट ६ मा खेल्नेछ। प्रशिक्षक गुरुङले टोलीमा युवा र अनुभवी खेलाडीको राम्रो मिश्रण रहेको जनाउँदै आत्मविश्वासका साथ भुटान प्रस्थान गर्ने बताए।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.