Abiral Awaj

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८२ माघ १ गते

नेपाली यु२० टाेलिलाई थाइल्यान्डकाे टिकट पक्का गर्न सहज

एसियाली फुटबल महासंघका अनुसार थाइल्यान्डमा अर्को वर्ष हुने प्रतियोगिताका लागि समूह ए मा साबिक विजेता उत्तर कोरियासँगै मंगोलिया, नेपाल, भुटान र साउदी अरब थिए।

तर पछिल्लाे समयमा आएर मंगाेलियाले एएफसी यु–२० महिला एसियन कप छनोटबाट नाम फिर्ता लिए पछि ४ टिम मात्र भएका छन्।

यो समूहकाे खेल ६ अगस्टदेखि भुटानको राजधानी थिम्पुमा हुने तय छ। तर, अन्तिम समयमा मंगोलियाले नाम फिर्ता लिएको हो।

योसँगै नेपाललाई छनोटमा केही सहज भएको छ। नेपालले बंगलादेशमा भएको साफ महिला यु–२० च्याम्पियनसिपमा भुटानलाई ६–१ र ८–० ले पराजित गरिसकेको छ। अर्कोतर्फ साउदी अरब भुटानभन्दा पनि कमजोर टोली मानिन्छ। हरेक समूहको शीर्ष स्थानमा रहने टोलीले सिधै थाइल्यान्डको टिकट पक्का गर्नेछन्।

समूहको दोस्रो स्थानमा रहने टोलीले पनि केही मौका पाउने छन्। नेपाललाई भने दुईपल्टको एसियन कप विजेता उत्तर कोरियालाई हराए छनोट चरण पार गर्ने मौका छ।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.