Abiral Awaj

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८२ माघ १ गते

२०२६ एसिया क्षेत्रीय छनोटमा एउटै समूहमा रहेका दुई टिम बिच दुईपक्षीय साझेदारी

नेपाल क्रिकेट र कुवेत क्रिकेटबीच पुरुष र महिला क्रिकेटको प्रवर्द्धनका लागि दुईपक्षीय साझेदारी घोषणा!

क्यानले जनाएअनुसार महिला र पुरुष दुवैका लागि नेपाल र कुवेतले एक–एक वटा शृंखला आयोजना गर्नेछन् । होम एण्ड अवे पद्धतिको शृंखलामा कम्तिमा पनि तीन ट्वान्टी २० अन्तर्राष्ट्रिय र ५० ओभरको खेल समावेश गरिनेछ ।

‘समग्र एसियामा क्रिकेटको विकास र विस्तार गर्ने अभियानमा यो सहकार्यले महत्वपूर्ण कोसेढुंगाको रुपमा योगदान गर्नेछ । नेपालले गत वर्षको आइसिसी ट्वान्टी २० विश्वकपमार्फत आफ्नो क्षमता विश्वस्तरमा प्रस्तुत गरिसकेको र कुवेत पनि यसै वर्षको अन्त्यमा हुने आइसिसी पुरुष ट्वान्टी २० विश्वकप २०२६को एसिया रिजनल छनोटमा भाग लिने तयारीमा रहेको अवस्थामा यो सहकार्यका लागि सबभन्दा राम्रो समय हो,’ क्यानको विज्ञप्तिमा भनिएको छ ।

कुवेत र नेपालबीचको यो क्रिकेट सहकार्यले उदीयमान खेलाडीलाई आगाडि बढ्ने बाटो दिनुका साथै दुई देशको सांस्कृतिक र क्रिकेटिङ सम्बन्ध थप सुमधुर पार्ने क्यानको विश्वास छ । यसैगरी क्यानले कुवेतमा रहेको ठूलो संख्याको नेपाली समुदायका लागि पनि यो शृंखलाको महत्व विशेष रहने आशा  गरेको छ ।

नेपालले हालै ICC T20 विश्वकप 2024 मा आफ्नो प्रदर्शन देखाइसकेको बेला र कुवेतले ICC पुरुष T20 विश्वकप 2026 एसिया क्षेत्रीय छनोट को तयारी गरिरहेको अवस्थामा, यो साझेदारीको समय अत्यन्त उपयुक्त रहेको छ।

अझ रोचक पक्ष के भने, दुबै टिम २०२६ एसिया क्षेत्रीय छनोटमा एउटै समूहमा रहेका छन्, जसले भविष्यमा एक रोमाञ्चक प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नेछ।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.