साफ यू-२० महिला च्याम्पियनसिपअन्तर्गत बंगलादेशसँगको अन्तिम खेलमा नेपाले पहिलो हाफमा एक गोलले खाएकाे छ। बंगलादेशले नेपालविरुद्ध १-० को अग्रता बनाएको छ ।
के दोस्रो हाफमा पुनरागमन होला ?
खेलको आठौं मिनेटमा सागोरिकाले नेपाली गोलकिपर सुजाता तामाङ अगाडि बढेको अवस्थामा उनलाई बिट गर्दै ओपन पोस्टमा गोल गरेकी थिइन् ।
नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । बंगलादेशले बराबरी मात्र खेलेपनि उपाधिका लागि पर्याप्त हुनेछ ।
