Abiral Awaj

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८२ माघ १ गते

हेल्प नेपालकाे तेस्रो जित

हेल्प नेपाल स्पोर्टस क्लबले काभा पुरुष च्याम्पियन्स लिगमा तेस्रो जित निकालेको छ।

माल्दिभ्समा भइरहेको काभा च्याम्पियन्स लिगमा नेपालको हेल्प नेपाल स्पोर्ट्स क्लबले कजाकस्तानको जाएक भिसीमाथि ३-२ को रोमाञ्चक जित हात पारेको छ । यो जितपछि हेल्प नेपालले जाएकको तीन खेलको अपराजित यात्रामा ब्रेक समेत लगाएको छ ।

मालेस्थित सोसल सेन्टरमा भएको निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा हेल्प नेपालले पहिलो सेट २५-२२ ले जित्दै सानदार सुरुवात गरेको थियो । तर जाएकले त्यसपछिका दुई सेट आफ्नो पक्षमा पार्दै खेलमा फर्किएको थियो । जाएकले दोस्रो सेट २५-१८ र तेस्रो सेट २५-२३ ले जितेको थियो ।

त्यसपछि हेल्प नेपालले चौथो सेट आप्नो पक्षमा पार्दै खेल २-२ को बराबरीमा ल्यायो । चौथो सेट हेल्प नेपालले २५-१८ ले सहजै आफ्नो पक्षमा पारेको थियो । पाँचौ तथा निर्णायक सेट १५-११ ले जित्दै हेल्प नेपालले खेल जितेको हो ।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.