Abiral Awaj

२०८३ जेष्ठ २३ गते

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८३ जेष्ठ २३ गते

हेल्प नेपालकाे तेस्रो जित

हेल्प नेपाल स्पोर्टस क्लबले काभा पुरुष च्याम्पियन्स लिगमा तेस्रो जित निकालेको छ।

माल्दिभ्समा भइरहेको काभा च्याम्पियन्स लिगमा नेपालको हेल्प नेपाल स्पोर्ट्स क्लबले कजाकस्तानको जाएक भिसीमाथि ३-२ को रोमाञ्चक जित हात पारेको छ । यो जितपछि हेल्प नेपालले जाएकको तीन खेलको अपराजित यात्रामा ब्रेक समेत लगाएको छ ।

मालेस्थित सोसल सेन्टरमा भएको निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा हेल्प नेपालले पहिलो सेट २५-२२ ले जित्दै सानदार सुरुवात गरेको थियो । तर जाएकले त्यसपछिका दुई सेट आफ्नो पक्षमा पार्दै खेलमा फर्किएको थियो । जाएकले दोस्रो सेट २५-१८ र तेस्रो सेट २५-२३ ले जितेको थियो ।

त्यसपछि हेल्प नेपालले चौथो सेट आप्नो पक्षमा पार्दै खेल २-२ को बराबरीमा ल्यायो । चौथो सेट हेल्प नेपालले २५-१८ ले सहजै आफ्नो पक्षमा पारेको थियो । पाँचौ तथा निर्णायक सेट १५-११ ले जित्दै हेल्प नेपालले खेल जितेको हो ।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.