Abiral Awaj

२०८२ कार्तिक २८ गते

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८२ कार्तिक २८ गते

नेपालले जित्याे जिटल फ्यान इन्गेजमेन्ट अफ दि इयर’ अवार्ड

नेपाल क्रिकेट संघ (क्यान)ले एसियाली क्षेत्रको आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयरको अवार्ड जितेकाे हाे।याे लगातार दोस्रोपटक अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को ग्लोबल अवार्ड्स अन्तर्गत ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दि इयर’ अवार्ड जितेको हाे।

सिंगापुरमा भएको वार्षिक सम्मेलनमा आईसीसीले नेपाललाई उक्त अवार्ड प्रदान गरेको हो । यसअघि गत वर्ष पनि नेपालले डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड जितेको थियो ।

क्यानले पछिल्लो वर्ष डिजिटल उपस्थितिमा उल्लेखनीय उपलब्धि हासिल गरेको तथ्यांक आईसीसीले सार्वजनिक गरेको छ। फेसबुक, इन्स्टाग्राम, युट्युब, एक्स र नयाँ सुरु गरिएको क्यान डोमेस्टिक फेसबुक पेजमार्फत गरिएको रणनीतिक विस्तारले करिब ११७ मिलियन पहुँच पुर्‍याएको थियाे।

नेपाली क्रिकेटप्रति सामाजिक सञ्जाल तथा अन्य डिजिटल माध्यममा देखिएको समर्थन र संलग्नताका आधारमा अवार्ड दिइएको हो ।

नेपालसँगै यस विधामा अफ्रिकाबाट नामिबिया, अमेरिकाबाट बर्मुडा र इएपी रिजनबाट इन्डोनेसिया विजयी भएका थिए।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.