Abiral Awaj

२०८३ जेष्ठ ११ गते

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८३ जेष्ठ ११ गते

नेपालकाे भुटान बिरुद्ध ६–० को अग्रता

बंगलादेशको राजधानी ढाकास्थित बसुन्धरा स्पोर्ट्स ग्राउन्डमा जारी खेलमा नेपालले ६–० को अग्रता लिएको हो। नेपालका पूर्णिमा राईले ह्याट्रिक गरिन्। मीना देवाले २ र  समीक्षा मगरले १ गोल गरिन्।

खेलको ४४औं सेकेन्डमै नेपालले सुरुआती अग्रता लियो। सरिता नाथको लामो प्रहारलाई भुटानी डिफेन्डरले रोक्ने प्रयास गरेका थिए। तर, सिक्स यार्ड बक्सनजिक रहेकी मीनाको खुट्टामा बल पुग्यो। उनले उक्त बललाई माथिल्लो बारतर्फबाट सहजै गोलमा परिणत गरिन्।

नवौं मिनेटमा समीक्षाले अर्को गोल थपिन्। सुक्रिया मियाँको लामो पासलाई पेनाल्टी बक्सनजिक रहेकी मीनाले रोकेको थिइन्। उनले भुटानी डिफेन्डरलाई रोक्दै दिएको बललाई समीक्षाले लामो प्रहारमार्पत गोलमा परिणत गरेकी हुन्।

त्यसको तीन मिनेटपछि नै मीनाले व्यक्तिगत दोस्रो गोल गरिन्। सुक्रिया एक्लैले पेनाल्टी बक्सनजिक पुर्‍याएर उपलब्ध गराइदिएको बललाई भुटानी गोलकिपरले रोकेकी थिइन्। तर, रिबाउन्डमा उनले हल्का टच गर्दै गोल गरिन्।

२३औं मिनेटमा नेपालले अग्रता ४–० मा पुर्‍यायो। मीनाले दिएको पासलाई गोल लाइनजिक रहेकी पूर्णिमाले सहजै गोलमा फरिणत गरिन्। इन्जुरी समयमा पूर्णिमाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौं गोल गरिन्।

सरिताले प्रहार गरेको बल भुटानी गोलकिपरले बचाउने प्रयास गरेकी थिइन्। तर, रिबाउन्डमा आएको बललाई पूर्णिमाले हेडरमार्फत गोल गरिन्।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.