माल्दिभ्समा जारी च्याम्पियन्स लिगमा शुक्रवार घरेलु टोली क्लब एचडिसीलाई ३-१ ले हराएको हो।
सुरुवाती दुई सेट जितेर खेलमा पकड बनाएको हेल्प नेपालले तेस्रो सेट गुमाएको थियो।
चौथो सेटमा लयमा फर्कदै हेल्प नेपालले खेल जितेको थियो। हेल्प नेपाल २५-१९, २५-२३, १९-२५, २५-२२ ले विजयी भएको थियो।
सेन्ट्रल एसियन भलिबल एसोसियन (काभा) को आयोजना भइरहेको च्याम्पियन्स लिगमा काभाका सदस्य रहेका ५ देशका लिग च्याम्पियन क्लब र आयोजकको उपविजेता समेत गरि ६ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिता सिंगल राउण्ड रोबिनका आधारमा हुनेछ । च्याम्पियन्स लिगको विजेताले सन् २०२६ को एसियन क्लब च्याम्पियनसिप खेल्न पाउनेछ।
