Abiral Awaj

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८२ माघ १ गते

आत्मघाती गोल उपहार पाएको नेपालकाे हाफ टाइमसम्म ४-० को अग्रता

नेपालका लागि पूर्णिमा राई, कुसुम खतिवडा र सरिता नाथले एक-एक गोल गरिन् । यस्तै एक गोल आत्मघाती गोल उपहार पाएको थियो

साफ यू-२० महिला च्याम्पियनसिप अन्तर्गत श्रीलंका विरुद्ध भइरहेको खेलमा नेपालले पहिलो हाफमा चार गोलको अग्रता बनाएको छ ।

बंगलादेशको ढाकास्थित बसुन्धरा स्पोर्ट्स ग्राउण्डमा भएको खेलमा नेपालले हाफ टाइमसम्म ४-० को अग्रता बनाएको हो ।

१५औं मिनेटमा पूर्णिमाले ट्याप इन गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । ३५औं मिनेटमा कुसुमले गोल गर्दै अग्रता दोब्बर पारिन् ।

४३औं मिनेटमा सरिता नाथले फ्रिकिकमा गोल गर्दै ३-० को अग्रतामा पुर्‍याइन् । त्यस्तै ४५औं मिनेटमा कुसुमको प्रहार डिफेन्डरलाई लागेर डिफ्लेक्ट हुँदै गोल भएपछि नेपालले ४-० को अग्रता बनायो ।

यसअघि श्रीलंकासँगको पहिलो खेलमा नेपाल ७-० ले विजयी भएको थियो ।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.