Abiral Awaj

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८२ माघ १ गते

सावित्रा भण्डारी ‘साम्बा’अस्ट्रेलियाकाे निन्जा ‘ए’ लिग खेल्न दुई सिजनका लागि अनुबन्ध

नेपाली महिला राष्ट्रिय टोलीकी कप्तानसम्मेत रहेकी नेपालकी स्टार फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ले अस्ट्रेलियनको निन्जा ‘ए’ लिग खेल्ने भएकी छन्।उनलाई वेलिङ्टन फिनिक्सले आगामी दुई सिजनका लागि अनुबन्ध गरेको हो। यो लिगमा अस्ट्रेलिया र न्युजिल्यान्डका क्लब खेल्ने गर्छन्।

२९ वर्षीया सावित्राले नेपाली जर्सीमा ६० खेलमा ६६ गोल गरिसकेकी छन्। उनले उज्बेकिस्तानमा भएको एएफसी महिला एसियन कप छनोटका ३ खेलमा २ ह्याट्रिकसहित ९ गोल गरेकी थिइन्।

भारतीय महिला सुपर लिगमा उनले जम्मा २४ खेलमै ६० भन्दा बढी गोल गरेकी थिइन्। त्यही लोभलाग्दो प्रदर्शनको आधारमा उनलाई फ्रान्सेली क्लब अभान्ट ग्वेन्ग्याम्पले २ सिजन अनुबन्ध गरेको थियो। उनी शीर्ष युरोपेली लिगमा खेल्ने र गोल गर्ने पहिलो नेपाली खेलाडी हुन्।

वेलिङ्टन फिनिक्सका अन्तरिम मुख्य प्रशिक्षक एमी शेफर्ड भन्छिन्,‘हामीले असाधारण क्षमताले प्रमाणित गोल स्कोरर अनुबन्ध गरेका छौं। सावित्रालाई फिनिक्स परिवारमा स्वागत गर्न पाउँदा हामी निकै उत्साहित छौं।।’

सावित्राले वेलिङ्टन फिनिक्समा अनुबन्ध हुन पाउँदा निकै उत्साहित रहेको बताइन्। सावित्रा फिनिक्सको महिला टोलीका लागि अनुबन्धित १७औं खेलाडी बनेकी छन्। उनी आगामी सेप्टेम्बरमा सुरु हुने प्रि–सिजन प्रशिक्षणका लागि वेलिङ्टन पुग्ने तयारीमा छिन्।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.