Abiral Awaj

“सत्य तथ्य खबरकाे नयाँ आवाज”

२०८२ माघ १ गते

सावित्रा भण्डारी ‘साम्बा’ फ्रान्सेली क्लब अभान्ट ग्वेन्ग्याम्पबाट बिदाइ

नेपालकी स्टार फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ले फ्रान्सेली क्लब अभान्ट ग्वेन्ग्याम्पबाट बिदाइ लिएकी छन्।

उनले क्लबमा दुई सिजन बिताएकी थिइन्। साम्बाले सामाजिक सञ्जालमार्फत भावुक सन्देश लेख्दै क्लब र समर्थकहरूलाई धन्यवाद दिएकी छन्। उनको सम्झौता समाप्त भइसकेको छ।

उनले लेखेकी छन्,‘हामीले पछिल्लो दुई वर्ष बिताएको अद्भुत यात्राको लागि धेरै धन्यवाद। हामीले यात्रा दौरान गरेको प्रगतिमा मलाई सदैव गर्व रहनेछ र यसको अर्थ मेरो करिअरमा विशाल रहनेछ। हामी दुवै नयाँ सुरुआतको अलग हुने समय आएको छ, तर क्लब र समर्थकहरूले मलाई दिएको मायाका लागि म सधैं आभारी रहनेछु। जहाँ भएपनि मेरो समर्थन क्लबलाई रहनेछ। ’

साम्बा २०८० माघमा साम्बा फ्रान्सको शीर्ष डिभिजन लिग क्लब ग्वेन्ग्याम्पमा अनुबन्ध भएकी थिइन्। दुई सिजन खेल्दा उनको क्लब पहिलो सिजन २२ खेलबाट १६ अंक जोड्दै १२ टिम सम्मिलित लिगमा १०औं स्थानमा रहेर रेलिगेसनबाट जोगिएको थियो।

यसपल्ट भने ग्वेन्ग्याम्प तीन खेलअगाबै रेलिगेसनमा परेको थियो। साम्बाले ग्वेन्ग्याम्पको जर्सीमा अघिल्लो सिजन ६ गोल गरिन्। त्यसमा पेरिस सेन्ट–जर्मेन (पीएसजी) विरुद्ध दुई गोल पनि समावेश छ। तर, उनको उक्त गोलले क्लबलाई शीर्ष डिभिजनमा टिकाइ राख्न सकेन।

By Abiral Bhandari

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.